USAID/FSIL-Nepal Project को सन्दर्भमा FSIL डाइरेक्टर हेली उलिवरको सहभागी भ्रमण

 

IMG 9244 11zon

 

सहभागी संस्था चितवन नेपालका अध्यक्ष श्री शालिग्राम शर्माको अध्यक्षतामा USAID/FSIL-Nepal Project को प्रगति समिक्षा बैठक अक्टोबर १८ का दिन  संस्थाको केन्द्रिय कार्यालय रत्ननगर-९ टिकौलीमा सम्पन्न भएको छ । अध्यक्ष शालिग्राम शर्मा ज्युले परियोजनाको अनुगमन र समिक्ष बैठकमा भाग लिन आऊनु भएका पाहुनाहरूहरूलाइ स्वागत गर्दै संस्थागत परिचय गराउनु भएको थियो । मार्च , २०२२ देखी सन्चालनमा रहेको  यो परियोजनाको ६ जना Enumerator छनौट र तालिम, महानगरहरूमा पत्राचार, सम्पर्क, समन्वय बैठक, वडाहरू र टोल विकासमा समन्वय बैठक गरेर काठमाण्डौ, ललितपुर, भरतपुर र  पोखरा महानगरका साथै हेटौडा र बुटवल उपमहानगरमा १५ दिनको प्रारम्भिक सर्वेक्षण गरि बैज्ञानिक बिधिबाट रेण्डम सेम्पलमा परेका २० वडाका ६० टोल विकास संस्थाहरुको ९३२७ घरधुरी मध्येवाट ६०० घरधुरीमा ४० दिने उपभोक्ता घरधुरी सर्वेक्षण सम्पन्न भएको प्रगति बिवरण प्रस्तुत गर्ने काम परियोजनाका को.पि.आइ सरोजराज पौडेलले गर्नु भएको थियो । समिक्षा बैठकमा लिड पि.आइ डा, आदित्यराज खनाल- टेनेसी स्टेट युनिभर्सिटि अमेरिकाका प्रोफेसर, AFU रामपुरका एसोसिएट प्रोफेसर तथा AFU Co-PI तथा सह-प्राध्यापक रामहरि तिमिल्सेनाका  साथमा सहभागी सस्थाका कार्य समिति सदस्य ज्युहरू, संस्थाका कर्मचारीहरूले समिक्षामा भाग लिनु भइ सुझाव सल्लाह लिने दिने काम भएको थियो। डा. हेली उलिवर, डा. आादित्यराज खनाल र  रामहरि तिमिल्सेनाबाट परियोजनाको काम धेरै मिहेनत गरेर तोकिएको समय सिमा भित्र सोचे अनुसारको उपलब्धि हासिल गरि सम्पन्न गर्नु भएकोमा सहभागी संस्थालाई बधाइ तथा धन्यावाद दिनु भएको थियो । अन्तमा अध्यक्ष शालिग्राम शर्मा ज्युवाट आउनु भएका पाहुना लगाएत बोर्ड मेम्वर, कर्मचारीहरू र इनुमेटरहरू सबैलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्नको घोषणा गरि पाहुनाहरूलाइ विदाइ गर्नु भएको थियो।

 

For Participation & Partnership