संस्थागत परिचय


“सहभागी” स्वावलम्बन र सहभागितात्मक विकाश पद्धतिमाविश्वासराख्ने र यसै पद्धतिमा लामो कार्यगत अनुभव भएका व्यावसायिक विज्ञहरुद्वारास्थापित सामाजिक संस्था हो। यो संस्था जिल्ला प्रसासन कार्यालय चितवनमा २०५३ सालमा (सन् १९९७) सामाजिक संघरसंस्था दर्ता ऐन, २०३४ अन्तर्गत दर्ता भएको मुनाफा नखोज्ने सामाजिक संस्था
हो।यसैगरी समाज कल्याण परिषद् (८९७१), आन्तरिक राजस्व कार्यालय (पान नं : ३००३३४४३३०), गै.स.स. चितवन (३०५–२०५८/५९), गै.स.स. महासंघ (C.R.CHI-27),प्रजातान्त्रिक गै.स.स. महासंघ नेपाल (FEDEN), एड्स विरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपाल (NANGAN) र नेसो चितवन (१) मा दर्ता तथा आवद्ध भैसकेको छ । यसकोकेन्द्रीय कार्यालय रत्ननगर नगरपालिका वार्ड नम्बर ९ सहभागी मार्ग, चितवनमा रहेको छ।संस्थापक अध्यक्ष डा। मीना आचार्य संस्थाको संरक्षक र शालिग्राम शर्मा संस्थाको वर्तमान अध्यक्ष हुनुहुन्छ।सहभागी संस्थाले कार्यमूलक कार्यक्रमको अनुभवबाट प्राप्तज्ञान र सीपलाई नीतिगत अध्ययन, अमुसंधान, तालीम, गोष्ठी तथा प्रकाशनको माध्ययमबाट सरोकारवाला संघ संस्था र आम समुदाय समक्ष पुर्याएको छ।समुदायको सम्वृद्धिको लागी सामाजिक र आर्थिक दुवै पक्षलाई समेट्ने उद्देश्यले सामाजिक परिवर्तनकालागीसहभागी र आर्थिक उन्नयनको लागी भगिनी संस्थाको रुपमा भ।म।न।पा(१२ स्थित अथर्व बचत तथा ऋण सहकारी संस्था लि। ९२०५६० कोप्रवर्द्धन पनि यसै संस्थाका वर्तमान अध्यक्षद्वारा गरिएको हो ।संस्थाले स्थापनाको २० वर्ष पुगेको अवसरमा विगतका रणनीतिक योजनाहरुकोसमीक्षाका साथै २०७४ मा रणनैतिक योजना तर्जुमा गर्ने क्रममा विगतदेखिका परिकल्पना, ध्येय, लक्ष र उद्देश्यमा केही परिमार्जन समेत गरेको छ ।संस्थालेपरिवर्तित संघिय राज्य संरचनामा जनताको सम्वृद्धिको लागी सामाजिक संस्थाहरु सँग मिलेरकाम गर्ने वातावरण तयार हुने अपेक्षा राखी सबै तहको सरकारका कार्यक्रममा सहयोगात्मक सम्बन्ध र सहकार्यसमेत गर्ने गरि रणनीतिक योजना परिमार्जन गरेको छ ।

परिकल्पनास् : सामाजिकरुपमासौहार्दर आर्थिक रुपले अत्मनिर्भर समाजको निर्माण।
ध्येयस् : शक्ति संरचनामा पहुँच नभएका र विकाशको प्रतिफल पाउनबाट टाढैरहेकाबिपन्नएवं वन्चित वर्गको सशक्तिकरणमा योगदान पुर्याउने।
लक्षस् : शक्ति संरचनामा पहुँच नभएका महिला, विपन्न, दलित, जनजाती, मधेसी,पिडितलगायतकावर्गलाईसहभागितात्मकप्रक्रियामा संलग्न गराई समुन्नत समाजको निर्माण गर्नु।

उद्देश्य:

  • महिला, विपन्न वर्ग, सिमान्त परिवार, दलित, पीडित वर्ग र फरक किसिमले सक्षम मानिसहरुलाई सहभागितामुलक विकाश प्रक्रियामा संलग्न गराई उनीहरुको सम्वृद्धिको लागि सामाजिक तथा आर्थिक कार्य गर्ने ।
  • विपन्नवर्ग र महिलाहरुसँग काम गर्ने विधि र प्रक्रिया समेटिएका नमुनालगायत कार्यक्रमहरुको विकास गर्ने।
  • देश विकासमा गरिब, सिमान्त परिवार, दलित, पिडितवर्ग र महिलाहरुको सशक्तिकरणको लागि अध्ययन अनुसन्धन कार्य गर्ने ।
  • संस्थाको दिगोपनाको लागि श्रोत साधन जुटाउन तालिम, गोष्ठी समेतका सेवामुलक कार्यहरु गर्ने।
  • अध्ययन अनुसन्धानात्मक प्रतिवेदन, पुस्तिका, तालिम म्यानुअल, संस्थागत बुलेटिन जस्ता सामाग्रीहरुको प्रकाशन गर्ने ।



कार्यनीति:

  • लक्षितसमुदायका मानिसहरुमा सामुहिक भावना तथा स्वावलम्बन विकासकोलागि चेतना अभिवृद्धि तथा संस्थागत विकासकाकार्यक्रम संचालन गर्ने ।
  • गाउँ, नगर, जिल्ला, प्रदेश तथारास्ट्रियस्तरमा सरकारी तथा गैरसरकारीरसामाजिक संघ संस्थासँग सहकार्य गरी तालिम, गोष्ठी, अन्तरक्रियागरी सहभागितात्मक कार्य प्रणालीका अनुभवहरु आदान प्रदान गर्ने।
  • लैंगिक जातजाति तथा गरिवमुखी नीति तथा कार्यक्रमका लागि अगुवाइ तथा सल्लाह प्रदान गर्ने।
  • स्थानीय स्तरमा आवस्यकता अनुसार सहभागीतात्मक आयमुलक तथा सीप विकासका तालिम आयोजना गर्ने।
  • अध्ययन अनुसन्धानात्मक कार्यगरी विद्यमान नीतिहरुको परिमार्जन तथा नया नीति तर्जुमाका लागी कार्य गर्ने।
  • स्थानीय, प्रादेशिकतथा केन्द्रिय सरकारसंग समन्वय गरी कार्य गर्ने।



कार्यविधि:

  • परिवर्तनका मुख्यसंवाहकको रुपमा रहेका महिलाहरुमा केन्द्रित कार्यक्रम संचालन गर्ने।
  • “विपन्नद्वाराविपन्नका लागि” भन्ने भावनासहित सहभागितात्मक प्रक्रियाद्वारा महिलाहरु तथा अन्य पहुँच नपुगेका वर्गको सशक्तिकरण गर्ने।
  • अध्ययन अनुसन्धानात्मक काम गर्ने।
  • आवश्यकनीतिहरुको तर्जुमा तथा परिमार्जनका लागी अगुवाई गर्ने।

 

सहभागीको सम्पूर्ण जानकारी हेर्नका लागि तल रहेको बटन दबाउनुहोस।

For Participation & Partnership